आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

माओवादी र जसपासँग मिलेर कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन पहल शुरु : पौडेल

२९ फाल्गुन, २०७७ १६:५५ मा प्रकाशित

971 पटक पढिएको

politician ram chandra paudel nepali congress

बाागलुङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकृत राजनीतिको अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन अपरिहार्य भएको बताएका छन् । यसका लागि तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउन पहल थालिएको उनले बताए ।

नेपाल प्रेस युनियनले बागलुङमा शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले जनमत अनुसार सत्ता आंकाक्षा नराखे पनि परिस्थितिबस आएको जिम्मेवारीबाट पार्टी नभाग्ने बताए । ‘माओवादी केन्द्र र जसपासँग छलफल अघि बढाएका छौं, जसपाका केही शर्त पनि आएका छन्’, उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले केके माग पूरा गरिदिन्छु भनेका छन्, त्यो हामी सबै पूरा गरिदिने बचन सहित सहकार्यका लागि तयार छौँ ।’

उनले संविधान संशोधन पहिले कांग्रेसले अघि बढाए पनि ओलीकै कारण रोकिएको उल्लेख गर्दै रेशम चौधरीको रिहाइका लागि पनि कांग्रेस तयार रहेको बताए । सर्वोच्चको फैसलापछि देशमा नयाँ परिस्थिति आएकाले विकृत राजनीतिको अन्त्यका लागि पनि प्रधानमन्त्री ओलीको बर्हिगमन जरुरी भएको नेता पौडेलको भनाइ थियो ।

‘संसद विघटनको निर्णय बदरपछि पनि राजीनामा नदिने विकृत राजनीति हो, मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति हो’, उनले भने, ‘प्रतिगमनतर्फ मुलुकलाई लैजाने प्रधानमन्त्री ओलीले फेरि टिकाइ राख्नुपर्छ भन्ने पनि विकृत राजनीतिकै श्रृंखला हो, ओलीलाई जति सत्तामा राख्छौं, देशका लागि उत्तिकै खतरा हुन्छ ।’

नेपाली कांग्रेसको महाधिवेशन बिभिन्न बाहना बनाएर पछि धकेली रहनु पनि दुर्भाग्यपूर्ण भएको कांग्रेस बरिष्ठ नेता पौडेलले बताए । यसले लोकतन्त्र कमजोर बनिरहेको दाबी गरे ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome