सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

लहान मालपोत कार्यालयमा बम विष्फोट, घाइतेलाई काठमाडौं ल्याइयो

१ चैत्र, २०७७ १८:३७ मा प्रकाशित

358 पटक पढिएको

siraha blast victim

सिरहा – सिरहाको लहानस्थित मालपोत कार्यालयको दोस्रो तलामा आइतबार दिउँसो बम विष्फोट भएको छ ।

विष्फोटमा परी करिब आधा दर्जन सर्वसाधारण घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

विष्फोट हुँदा गम्भीर घाइते भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको छ ।

प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्।

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पम्पलेट भेटिएको छ। त्यही समूहले विस्फोट गराएको हुन सक्ने इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले बताएका छन् ।

दिउँसो करिब १२ : ४० बजे बम विष्फोट भएको हो ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेको छ ।

अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome