आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

रुपन्देहीमा पेस्तोलसहित तीन युवक पक्राउ

१ चैत्र, २०७७ १८:५१ मा प्रकाशित

732 पटक पढिएको

pistol confiscated

भैरहवा – रुपन्देहीको मर्चवार क्षेत्रबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका ७ बेतकुईयाका २४ वर्षीय सुरज हरिज, सोही वडाका २३ वर्षीय तौलन हरिजन र २६ वर्षीय सकिल मुसलमानरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी चौकी पाण्डे पिपरहवाका असई कमलप्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र बीओपी पुर्नीकोटबाट खटिएको २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलीले उनीहरुलाई मर्चवारी गापा ७ कन्चनापुरबाट कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनैजना यूपी ५५ एन ४९४८ भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका बेला खानतलासी गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी सत्य नारायण थापाले जानकारी दिए।

पक्राउ परेकालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

pistol confiscated

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome