बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

पूर्वअर्थमन्त्री डा. महत र विश्व बैंकका अधिकारीबीच परामर्श

२ चैत्र, २०७७ १८:२८ मा प्रकाशित

515 पटक पढिएको

dr ramsharan mahat

काठमाडौँ – पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत र विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक फरिस हदाद जेरभोसबीच छलफल तथा परामर्श भएको छ ।

नेपालका विकास गतिविधिहरु र प्राथमिकता बारे छलफल तथा परामर्शका लागि विश्व बैंकका पदाधिकारीहरु सोमबार डा. महतको निवासमा पुगेका थिए ।

भेटका अवसरमा नेपालको पछिल्लो आर्थिक विकास परिदृश्यबारे छलफल भएको थियो । साथै आगामी दिनमा नेपालका विकासका प्राथमिकताहरुका बारेमा पनि सो अवसरमा छलफल भएको जनाइएको छ ।

जेरभोस नेपालका साथै बर्मा र श्रीलंकाका लागि पनि राष्ट्रिय निर्देशक हुन् । छलफलमा नेपालका साथै बर्मा र श्रीलंका समेत हेर्ने सञ्चालन प्रवन्धक लादा स्ट्रेलकोभा लगायत विश्व बैंकका स्थानीय अधिकारीहरु समेत सहभागी थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome