शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

पार्टी विभाजनको प्रारम्भ ओली कमरेडले गर्नुभयो : पाण्डे

३ चैत्र, २०७७ १७:२३ मा प्रकाशित

755 पटक पढिएको

uml press meet

काठमाडौं – नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी विभाजनको प्रारम्भ पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नेकपा माधव नेपाल–झलनाथ खनाल समूहले गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

नेपाल पक्षले पत्रकार सम्मेलन गरेर चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको जानकारी गराएको हो । मंगलबार दिउँसो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

कार्यकर्ता भेला गर्नु बाध्यता भएको भन्दै नेताहरुले पार्टी विभाजनको प्रारम्भ अध्यक्ष ओलीले गरेको बताएका हुन् ।

‘पार्टी विभाजनको प्रारम्भ ओली कमरेडले गर्नुभएको हो । संसदको विघटन गरिसकेपछि त्यसबेला नेकपा एमालेको नयाँ कमिटी भनेर कमिटी बनाउन आरम्भ गरेको उहाँले हो’, पाण्डेले भने ।

चैत २८ गते बालुवाटारमा बसेको बैठकको निर्णयले पनि पार्टी विभाजन गरेको उनको भनाइ छ । ‘बालुवाटार बैठकका निर्णयसँगै विभाजनको प्रारम्भ उहाँले गर्नुभयो’, उनले थपे । सर्वोच्च अदालतको फैसला कार्यान्वयनलाईसमेत प्रधानमन्त्रीले अस्वीकार गरेको आरोप नेताहरुले लगाएका छन् ।

कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिले अध्यक्ष ओलीले गरेका कारवाही भोग्न तयार भएको तर उनी आफै इतिहासमा प्रश्नको कठघरामा रहने बताए ।

‘अहिले तपाईंले गरेका कारबाही भोग्न हामी तयार छौँ’, भट्टराईले भने, ‘तपाईंले इतिहासमा धेरै प्रश्नको जवाफ दिनुपर्नेछ ।’ प्रधानमन्त्री ओलीले आफै आफ्नो पार्टी सिध्याउने बाटो अबलम्बन गरेकोसमेत आरोप लगाए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome