शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

चियापानमा नेपाल समूह नआएकोमा ओलीको आपत्ति

३ चैत्र, २०७७ १७:२८ मा प्रकाशित

785 पटक पढिएको

uml tea meet

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा भएको चियापानमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नगएकोप्रति आपत्ति जनाएका छन् । चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् ।

‘अध्यक्ष अथवा प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, कसको निम्तोमा जाने ?’, नेपाल समूहलाई प्रश्न गर्दै ओलीले भने, ‘त्यो सबैलाई थाहा छ तर नभनौँ ! एकथरी अनुहारहरु देखिएन आज, यो राम्रो लक्षण होइन । कुनै कारणबस आउन भ्याउनु भएन भन्ने लाग्छ मलाई ।’

ओलीले चियापानमा नजाने निर्णय नै गरेर नआएको विश्वास रहेको बताए । ‘उहाँहरुले त्यस्तो निर्णय गर्नुभयो भन्ने कुरा होइन होला भन्ने ठान्छु’, नेपाल समूहले गरेको चियापानमा नजाने निर्णयप्रति कटाक्ष गर्दै ओलीले भने ।

ओलीले बुधबार र बिहीबारका लागि नेपाल समूहले बोलाएको भेलाप्रति एक नजर पर्ने भन्दै कसैको धम्कीमा पार्टी नचल्ने बताए ।

‘भोलिको भेला गर्नुहुन्छ कि हुन्न अनि कति तमासा गर्नुहुन्छ एक नजर त्यहाँ राखिन्छ’, ओलीले भने, ‘ पार्टीलाई धम्क्याएर चल्दैन । विधि विधानमा चल्छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome