मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

वीरगन्जमा तीन दिनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

१० श्रावण, २०७७ ०६:५४ मा प्रकाशित

441 पटक पढिएको

dead body

वीरगन्ज – वीरगन्जमा तीन दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीन जनाको मृत्यु भएको हो।

गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १९ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो। उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

यसअघि शुक्रबार बिहान वीरगन्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। त्यसअघि गत मङगलबार पनि आइसोलेसनमै मृत्यु भएका वीरगन्ज माइस्थानका ७० वर्षीया बृद्धमा पनि बुधबार राति संक्रमण पुष्टि भएको थियो।

शुक्रबार साँझ मृत्यु पछिमात्र युवतीमा कोरोना पुष्टि भएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए। यसअघि उनमा आरडिटी रिपोर्ट पनि पोजिटिभ देखिएको थियो।

गत बुधबार स्वास्थ्यमा समस्या आएपछि युवतीलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोनाको शंका लागेपछि चिकित्सकले युवतीको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो।

त्यसपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। तर प्रयोगशालाबाट रिपोर्ट आउन ढिला भएपछि उनलाई बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको छ।

हेल्थ केयर अस्पतालमा आरडीटी पोजिटिभ देखिएपछि युवतीलाई राति कोभिड अस्पतालमा ल्याइएको थियो। नारायणी अस्पतालको प्रयोगशालाबाट शुक्रबार बेलुकी पीसीआर रिपोर्ट पनि आएकाले शव अस्पतालकै आइसोलेसनमा राखिएको र शनिबार सेनाले शव व्यवस्थापन गर्ने डा. सिंहले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome