बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

भेलामा व्यस्त छौँ, संसदीय दलको बैठकमा सहभागी हुन सक्दैनौँ

४ चैत्र, २०७७ १८:५५ मा प्रकाशित

711 पटक पढिएको

nepal fact in meeting

काठमाडौं – एमाले नेपाल समूहले राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने बताएको छ। राजधानीमा बुधबारबाट सुरु भएको पहिलो दिनको भेला सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन्।

‘हामीलाई संसदीय दलको बैठकमा उपस्थित हुनका लागि आपत्ति छैन। आज हामीले संसदीय दलका नेता प्रधानमन्त्रीज्यूलाई कार्यव्यस्थताले हामी भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएका छौँ। तपाईंहरुमार्फत् पनि सार्वजनिक ढंगले यो जानकारी गराउन चाहन्छौँ। त्यसपछि हुने उपयुक्त बैठकमा हामी उपस्थित हुन्छौँ।’

भट्टराईले संसदीय दलको बैठक हुने जानकारी आएको भए पनि त्यहाँ जाने अवस्था नरहेको बताएका हुन्। नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा सुरु भएको हो। बैठकमा भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन्।

अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ। नेता नेपालले पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरेका छन्।

भेलामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहभागीहरुलाई स्वागत गरिन् भने अग्रज नेता सिद्धिलाल सिंहले शुभकामना मन्तव्य दिए। भेलामा अग्रज नेता कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायत शुभेच्छा प्रकट गरे।

उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ।

आ–आफ्नो समूह छलफल गरी टोली नेतामार्फत बिहीबार सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम छ।

सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा कमरेड अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा कमरेड बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ।

साइबर स्याल ज्यूँदैछन्, गलत सूचना सम्प्रेषण गरिरहनेछन्, होसियार!

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता राष्ट्रिय भेला स्थगित भयो भनेर ‘फेक सूचना’ सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका छन्।

बुधबार राजधानीमा आयोजित माधव-झलनाथ समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्। ‘फेक सूचना जारी गरियो । योगेश भट्टराईको नक्कली हस्ताक्षरको कागज टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ। म आफैँ पनि हेरेँ, के पो आएछ ? उहाँको नाम र सही गरेको फोटोकपी गरेर टाँसेर गलत सूचना सम्प्रेषण गरिएको रहेछ।’

उनले साइबर स्यालहरु अझै पनि ज्यूँदै रहेको भन्दै होसियार हुन आफ्ना पार्टी कार्तकर्तामाझ आग्रह गरे। ‘साइबर स्याल अझै पनि बाँचिहरेका छन्। हिजो मात्र नेकपा हुँदाखेरी थियो होला भनेको ठानेको त नेकपा एमालेले ठूलो जीवन पाइसकेपछि सबै हराएर गए होला भनेको त्यसो रहेनछ। उनले भने,’ स्याइबार स्यालदेखि होसियार। भोली यस्तै गलत-गलत सूचनाहरु सम्प्रेषण गरिनेछन् अनि तपाईहरु अलमलमा पार्नेछन्। ‘

उनले पार्टीभित्र सिद्धान्त र विधिको लडाइँ भएकाले भ्रममा नपर्न आग्रह गरे। उनले प्रधानमन्त्री ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या आएको जिकिर गरे।

ओली हटे मुलुकले निकास पाउँछ, पार्टी पनि एक हुन्छ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको विदाइसँगै मुलुकले निकास पाउने बताएका छन्।

सानेपाको एक होटलमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले‍को समस्य नै केपी ओली हुन्। ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको हो। ओलीले विदा लिए पार्टको समस्या पनि हल हुन्छ अनि मुलुकले पनि निकास पाउँछ।’

उनले ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको बताए। ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन। त्यही कारण यो अवस्था आयो, नेपालले भने।

नेपालले आलोचना र सुझाव सुन्‍न नचाहने ओलीले पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको र पार्टीभित्र पनि एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए ।नेपालले प्रधानमन्त्रीको कुर्सी बचाउन ओलीले संविधानको अपब्याख्या गरेको आरोप पनि लगाए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome