सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

कक्षा ११ को आंशिक परीक्षाको नतिजा प्रकाशित

५ चैत्र, २०७७ ०५:५० मा प्रकाशित

406 पटक पढिएको

national examination board nepal

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन्। दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ। परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एस्एम्एस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमको १६०० मा NEB <Symbol No.> टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome