आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

बल्खुमा श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

५ चैत्र, २०७७ ०५:५८ मा प्रकाशित

912 पटक पढिएको

man in custody in charge of murder of wife

काठमाडौं – काठमाडौंको बल्खुमा महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् पक्राउ परेका छन्। पक्राउ परेका सन्तोष सापकोटालाई काठमाडौ प्रहरीले आज बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मंगलबार प्रहरीले हत्या भएकी महिला ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले सन्तोषीको हत्यापछि फरार भएका सन्तोषलाई बल्खुबाट पक्राउ गरिएको बताउनु भयो ।

सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा सन्तोषीको शव कोठामा नै फेला परेको थियो। बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुग्दा सन्तोषीका श्रीमान सन्तोष सापकोटा फरार भइसकेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सन्तोष र सन्तोषीबीच पारिवारिक विषयमा बेमेल रहेकाले सोही विषयमा विवाद भएपछि हत्या भएको खुलेको प्रहरी प्रमुख सिंहले जानकारी गराउनु भयो ।

मृतकका श्रीमान सन्तोष लागू औषध दुर्व्यसनी भएको कारण श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि सन्तोषी माइतीघर जोरपाटीमा बस्न थालेकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त सापकोटाको साथबाट हत्यापछि लुटेर लगेको नगद र गहना पनि बरामद गरेको छ ।

त्यसैगरि सोहि पत्रकार सम्मेलनमा टोखास्थित आशिष् लिम्बू हत्याकाण्डका अभियुक्तहरुलाई पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक हुनेहरुमा रौतहट गौर नगरपालिका ७ का २१ बर्षिय शेष अब्दुल आलम, मोतिहारी जिल्ला मधुवनीका बर्ष १९ का भुपेन्द्र कुमार शाह, रौतहट गुजरा नगरपालिका ९ का बर्ष १९ का मोहम्मद कासिम मन्सुरी रहेका छन्।

लिम्बुलाइ यहि फागुन २८ गते बेलुका ९ बजेको समयमा टोखा सुदर्शन हाइटस्थित बाइक वर्कसपमा कुटपिट गरि पानीको पाइपले घाँटी थिची हत्या गरेर शबलाइ मालुङ्गस्थित बाँसघारीमा फ्याकिएको थियो ।

२ जनालाई काठमाडौंको नयाँ बस पार्कबाट र एक जनालाई रौतहटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ३ जना नै लागुऔषध दुर्व्यसनी भएको र लागुऔषध सेवन गर्ने बारेमा बिबाद हुँदा कुटपिट गरि लिम्बुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताउनु भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome