सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सेनाको मुख्यालयमा आगलागी

५ चैत्र, २०७७ १८:३९ मा प्रकाशित

602 पटक पढिएको

fire at army headquarters kathamandu

काठमाडौं – भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ।

आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा बिहीबार दिउँसो भएको आगलागी नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको हो ।

नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार विद्युत सर्ट भएर आगलागी भएको बताए ।

‘विद्युत सर्ट भएर लागेको आगो भर्खरै नियन्त्रणमा आएको छ’, सेनाका प्रवक्ता पौडेलले भने, ‘समयमै आगो नियन्त्रणमा आएकाले कुनै पनि क्षति भएको छैन ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome