सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

६ चैत्र, २०७७ १८:०८ मा प्रकाशित

566 पटक पढिएको

ramesh badal attorney general

काठमाडौं – अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

अधिवक्ता बडाल नेपाल नेपाल बार एसोसिएसनको उपाध्यक्षमा पराजित भएका उम्मेदवार हुन् । श्रमका मुद्दामा धेरै वकालत गरेका बडालले प्रतिनिधिसभा विघटनको मुद्दाको पक्षमा बहस गरेका थिए ।

एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को उपाध्यक्षसमेत बनिसकेका बडाले पत्रकारका मुद्दामा समेत बहस गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome