सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

किर्तिपुरको जङ्गलमा दुई विध्यार्थीको शव फेला

६ चैत्र, २०७७ १८:२२ मा प्रकाशित

788 पटक पढिएको

students found dead in kirtipur

काठमाडौं – किर्तिपुर नगरपालिकाको चाल्नाखेलस्थित खहरे जङ्गलमा दुई विध्यार्थीको शव भेटिएको छ ।

मृत्यु हुनेहरुमा एक युवक सिन्धुपाल्चोक जिल्ला चौतारा पोखरे घर भई काठमाडौंको बाङ्गेमुढा बस्ने बर्ष १६ का अर्जुन खडका रहेका छन् भने अर्का युवक काभ्रे जिल्ला भुम्लु घर भई काठमाडौंको भेडासिंह बस्दै आएका बर्ष १७ का मङ्गल तामाङ्ग रहेका छन् ।

अर्जुन खड्का त्यौड टोलको विध्यालयमा १० कक्षामा पढ्दै गरेका हुन् भने मङ्गल क्षेत्रपाटीस्थित जुद्दोदय माध्यामिक विध्यालयको कक्षा १० मा अध्यरत थिए । दुबैजना साथी भएको सनाखत घटनास्थल पुगेका अर्जुनका आफन्तले दिएका हुन् ।

मृतक दुबैजना हिजो देखि नै हराएको मृतकका परिवारले बताएका छन् ।

घटनास्थलबाट सेल्फस नामको किटनासक विषादिको २ बट्टा बरामद भएको हुँदा दुबैजनाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

घटनास्थलमा एक अर्काको शव झण्डै २ सय मिटरको दुरिमा रहेको थियो। घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं, किर्तिपुर प्रहरी वृत्त र अपराध अनुसन्धान महाशाखाको टोली पुगेको थियो । अनुसन्धानको क्रममा प्रहरिले घटनास्थल दुईवटा कुकुर परिचालन गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome