आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

सैलुनबाट पेस्तोल र गोलीसहित एक पक्राउ

७ चैत्र, २०७७ १९:०६ मा प्रकाशित

430 पटक पढिएको

arrested illustration

वीरगन्ज – बारामा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस २ घर भएका ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छन्।

कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड र दुई थान मोबाइल सहित भुमीहारलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट भुमीहार हतियार सहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको संयुक्त प्रहरी टोलीले सैलुनमा शंकास्पद अवस्थामा बसिरहेका भूमीहारको शरिर खानतलाशी गर्दा पेस्तोल र गोली बरामद भएको हो।

हतियार सहित पक्राउ परेका भुमीहारलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome