सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

मधेस आन्दोलनका शहिद परिवारलाई कृषि उपकरण सहयोग

७ चैत्र, २०७७ १९:०९ मा प्रकाशित

534 पटक पढिएको

minister aids agricultural equipment to martyrs family

वीरगन्ज – मधेस आन्दोलनका शहिद दिपेन्द्र साहको परिवारलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कृषि उपकरण सहयोग गरेका छन्। २०६३/६४ को प्रथम मधेस आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर पर्साको विन्दवासीनी गाँउपालिका ४ मधवलका दिपेन्द्र साहले शहादत प्राप्त गरेका थिए।

सहिद दिपेन्द्रको परिवारलाई कृषि कर्ममा सहयोग पुगोस् भनेर मन्त्री सोनलले शनिबार करिब ५० हजार रुपैयाँ मूल्यको पम्पसेट प्रदान गरेका हुन्। मन्त्री सोनलले आफ्नो निजी खर्चमा पम्पसेट खरिद गरेर शनिबार शहिद दिपेन्द्रकी आमा राजकुमारी देवी र पत्नी सिता देवीलाई दिएको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले बताए।

शहिद परिवारले गाउँमा गर्दै आएको तरकारी खेतिमा सिंचाईका लागि पम्पिङ सेट नहुँदा समस्या भएको जानकारी पाएपछि मन्त्री सोनलले शनिबार पम्पसेट प्रदान गरेको यादवले जानकारी दिए।

शहिद पत्नी सीता देवीका अनुसार, गत माघ ५ गते शहिद दिवस मनाउन प्रदेश सरकारको आग्रहमा जनकपुर गएका बेला मन्त्री सोनलसँग भेटेर उनले सिंचाइका लागि पम्पसेट नहुँदा समस्या भएको बताएकी थिइन्। उनले भनिन्, ‘मैले मन्त्रीजीलाई भेटेर आफ्नो समस्या भनेको थिएँ, मेरो गुनासो सुनेर आज मन्त्रीले पम्पसेट दिनुभयो। म खुशी छु।’

शहिद दिपेन्द्रको परिवारमा पत्नी सिता देवी, दुई छोरा र वृद्धा आमा छन्। वीरगन्ज महानगरपालिकाको कार्यालयमा जागिर पाएकी सिता देवी वीरगन्जमै डेरा लिएर दुई छोरा पढाउँदै आएकी छन्। शहिद दिपेन्द्रकी आमा राजकुमारी भने पैतृक गाउँ मधवलमा बस्छिन्। त्यहाँ उनले घरको रेखदेखका साथै सामान्य खेतीबारी गर्दै आएकी शहिद पत्नी सीता देवी बताउँछिन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome