शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

नेपाल पक्षका प्रभावशाली सांसद पोखरेल ओली पक्षमा लागेको घोषणा

७ चैत्र, २०७७ १९:१२ मा प्रकाशित

675 पटक पढिएको

politician krishna bhakta pokharel

काठमाडौं – माधव समूह प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन्। शनिबार संसदीय दलको बैठकमा बोल्दै उनले ओली सरकार पाँच वर्षसम्म नै चल्ने दाबी गरे।

पोखरेलले बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिए। माधव पक्षको बैठकमा कि हामीले नयाँ संसदीय दलको नेता बनाउँदै छौं भनेर रोक्नुपर्‍यो कि होइन भने लगातार तीन पटक नजाने आधार के हुन् भनेर प्रश्न गरेको बताउँदै उनले भने, ‘हामीले भनौं, केपी ओलीलाई संसदीय दलको नेताबाट फाल्न सक्छौं ? फाल्ने हाम्रो योजना छ ? हो छैन भने अरु ढंगबाट कोठे बैठक बस्न हुँदैन भनियो।’

एमालेको संसदीय दलको बैठक जारी बैठकमा एमाले सांसद पोखरेलले माधव—झलनाथ नेतृत्वले पार्टी फुटाउन लागेको बताए। उनले अगाडि थपे,‘ओलीको नेतृत्वमा सरकार पाँच वर्षसम्म चलेर हामीले नेपाली जनतासामू गरेको संकल्प पूरा गरेर फर्केने दृण अठोटका साथ म यहाँ आएको छु।’

पोखरेल भने,‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ। अब समृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome