शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सकियो नेपाल सुपर लिगको अक्सन

७ चैत्र, २०७७ १९:२० मा प्रकाशित

996 पटक पढिएको

nepal super league auction

काठमाडौं – ‘नेपाल सुपर लिग’ को अक्सन सकिएको छ। नेपालमा पहिलो पटक फुटबल प्रतियोगिताका लागि भएको अक्सन सकिएको हो। फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले गरेको अक्सनमा १५९ खेलाडी समावेश थिए। सातवटा टिमले १३–१३ जना खेलाडीलाई अनुबन्ध गरेका छन्। सबै टोलीले ए, बी र सी समूहका तीनतीन खेलाडी छनोट गरेका हुन्।

लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, विराटनगर सिटी, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी रहेका छन्। लिग वैशाख ११ गतेदेखि २५ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

अक्सनमा आठजना खेलाडी दुई लाख रुपैयाँमा अनुबन्ध भएका छन्। न्युनतम २० हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्ममा खेलाडी अनुबन्ध भएका हुन्। सुजल श्रेष्ठ र दीपक कार्कीलाई पोखरा थण्डर्सले दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ललितपुर सिटी एरिक विष्टलाई २ लाखमा किनेको छ।

काठमाडौं रेजर्सले तेज तामाङ, चितवनले विशाल सुनार, विकास खवासलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने विराटनगरले सुनिल बललाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

धनगढीले दिनेश राजवंशीलाई दुई लाख रुपैयाँ तिरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome