मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

राजनीति अन्योलबीच पनि सेयर बजारमा लगातार उछाल

८ चैत्र, २०७७ १६:५० मा प्रकाशित

589 पटक पढिएको

stock market nepal

काठमाडौं – राजनीति अन्योलबीच पनि सेयर बजारमा लगातार उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ।

कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४७ विन्दुमा पुगेको छ। परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार करिब छ अर्बको कारोबार भएको छ।

सेयर बजार अब फेरि बुलिस लयमै फर्किएको विश्‍वास लगानीकर्ता गरेका छन्। पुँजी बजारका लगानीकर्ताहरूले राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै आत्मविश्‍वासका साथ लगानी गर्न थालेका छन्।

सेयर बजार परिसूचक फागुन ९ गते अहिलेसम्मकै सर्वाधिक उच्च बिन्दु २६४०.३५ अंकसहित ऐतिहासिक उचाइ चुमेको थियो। त्यसपछि ओरालो लागेको बजार २३८९.१९ विन्दुमा झरेको थियो ।

नेप्सेका सबै परिसूचक हरियो भए पनि लघुबित्त र विमामा विशेष आकर्षण देखिएको छ। आइतबार नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् ।

राजनीतिक अन्योलबाहेक बजार घट्नुपर्ने कुनै कारण नभएकोले बजार बुलिस ट्रेन्डमै अघि बढ्ने बजार विज्ञहरूले बताएका छन्। चैतपछिको समयलाई त्यसै पनि सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। चैतपछि कम्पनीहरूको तेस्रो त्रैमासिक रिपोर्ट आउने भएकोले त्यसको आंकलन र अपेक्षामा बजार थप उत्साह आउने देखिन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome