बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

वाईसीएलको राष्ट्रिय भेला जेठ २८ देखि

८ चैत्र, २०७७ १६:५५ मा प्रकाशित

240 पटक पढिएको

maoist party office

काठमाडौं – योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल)को राष्ट्रिय भेला २०७८ साल जेठमा हुने भएको छ। चैत ४ र ५ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जेठ २८ गतेदेखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार बैठकले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णयसमेत गरेको छ। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भउको उनको भनाइ छ।

‘बैठकले पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भएको छ’, सापकोटाले भने, ‘संगठनको राष्ट्रिय भेला २०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome