शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

फेरि बढ्यो कोरोना संक्रमण : सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

९ चैत्र, २०७७ १८:०५ मा प्रकाशित

423 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७२ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ हजार १७ जना सक्रिय संक्रमित रहेका छन् । ५१ जना क्वारेन्टाईनमा छन् भने १ हजार १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने २१२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो एक सातामा भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीकै कारण पछिल्लो समय कोरोना संक्रमण बढिरहेको बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome