सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

खाद्य संस्थानको गोदाम अगाडि भेटियो बम

९ चैत्र, २०७७ १८:२० मा प्रकाशित

275 पटक पढिएको

tikapur khadhya sansthan

टीकापुर – कैलालीको टीकापुर नगरपालिका १ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि बम फेला परेको छ ।

खाद्य गोदाम रोडमा नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले दिएको जानकारी अनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो ।

आल्मुनियमको भाँडामा वरिपरी कालो टेप र तार बेरिएको हुनाले सकेट बम हुनसक्ने निरीक्षक बमले बताए । उक्त बम द्वन्दकालमा राखिएको हुनसक्ने बताइएको छ ।

‘नेपाल खाद्य संस्थानको गोदाम घर जाने कल्भर्टकै छेउमा बम फेला परेको हो’ बम डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको निरीक्षक बमले बताए । घटनास्थल वरपर नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । घटनास्थल सिल गरिएको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome