शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थ्री नेसन्स कप : बंगलादेशको विजयी सुरुवात

११ चैत्र, २०७७ १०:४३ मा प्रकाशित

413 पटक पढिएको

three nations cup

काठमाडौं – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो।

किर्गिस्थानका कुमारवज उलु बैमानको आत्मघाती गोल बंगलादेशका लागि उपहार बन्यो। खेलको ३० औं मिनेटमा बल क्रस गर्ने क्रममा बैमानले आत्मघाती गोल गरेका हुन्।

दोस्रो हाफमा केही अवसर पाए पनि दुवै टिमले गोल गर्न नसक्दा किर्गिस्तानको आत्मघाती गोल नै निर्णाय बनेको हो।

जितसँगै बंगलादेशले ३ अंक जोडेको छ। एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपालसहित बंगलादेश र किर्गिस्थान सहभागी छन्।

नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्दैछ। दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ। राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन्।

फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome