आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप १४५ जनामा कोरोना पुष्टि, ९० डिस्चार्ज

११ चैत्र, २०७७ १७:२८ मा प्रकाशित

485 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७२ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ हजार १८२ जना सक्रिय संक्रमित रहेका छन् । ५२ जना क्वारेन्टाईनमा छन् भने १ हजार १८२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ।

पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ।

यस्तै बुधबार बसेको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome