आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

भन्सार छलेर ल्याइएको १ करोड बढिको कपडा बरामद

११ चैत्र, २०७७ १७:३२ मा प्रकाशित

382 पटक पढिएको

trucks in customs office

वीरगन्ज – भारतबाट धान बोकेर आएको ट्रकबाट भन्सार राजश्व छलेर ल्याइएको १ करोड भन्दा बढि मुल्यको कपडा बरामद भएको छ । वीरगन्जको सिर्सियास्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) बाट धानको भन्सार जाँचपास गराएर बाहिरिएको ट्रकबाट सशस्त्र प्रहरीले १ करोड ५ लाख रुपैया मुल्यको कपडा बरामद गरेको हो ।

तिरुपती खाद्य तथा भूसा सप्लायर्सको नाममा भन्सार जाँच पास भएको धान बोकेको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रक , आइसीपीबाट काठमाण्डौ जान लागेको बेला शंका लागेर सशस्त्र प्रहरीले जेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा ट्रकमा दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्थासुर्वाल, साडी लगायतका कपडा फेला परेपछि सशस्त्र प्रहरीले कपडा र धान सहितको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा ३ लाख रुपैयाको धानको भन्सार जाँचपास गरिएको थियो ।

सशस्त्र प्रहरीले कपडा र धान सहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

ट्रकबाट बरामद गरिएको कपडाको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टङक पाण्डेले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome