मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

इंग्ल्यान्डको टि-२० ब्लास्ट खेल्दै लामिछाने

१२ चैत्र, २०७७ १७:०९ मा प्रकाशित

669 पटक पढिएको

sandeep lamichhane in IPL 2020

काठमाडौं – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। लामिछानेले वोर्सेस्टरशायर र्‍यापिड्सबाट इंग्ल्यान्डको घरेलु टी-ट्वान्टी क्रिकेट प्रतियोगिता‘भिटालिटी टी-ट्वान्टी ब्लास्ट’खेल्ने भएका हुन्।

वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले उनलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ। लामिछाने टी-ट्वान्टी ब्लास्ट खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ।

यस अगाडि इंग्ल्यान्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ लामिछाने छनोट भइसकेका छन्। उनलाई ओभल इन्भिसिबल्सले टोलीमा भित्र्याएको हो। उनले विश्व चर्चित टि २० फ्रेन्चाइज लिग खेलिसकेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome