शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप १२० जनामा कोरोना पुष्टि, ८५ डिस्चार्ज

१२ चैत्र, २०७७ १७:४२ मा प्रकाशित

332 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७२ हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ हजार २१७ जना सक्रिय संक्रमित रहेका छन् । ५५ जना क्वारेन्टाईनमा छन् भने १ हजार २१७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप कसैको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome