शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सभापतिमा देउवालाई म बाहेक कसैले हराउन सक्दैन : शशांक

१३ चैत्र, २०७७ १७:३८ मा प्रकाशित

395 पटक पढिएको

dr shashank koirala nepali congress

सिराहा – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा आफूले मात्रै शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दावी गरेका छन् ।

‘न शेखरदा, न रामचन्द्रजी, न त प्रकाशमान शेरबहादुरसँग सभापतिमा लड्नसक्नुहुन्छ । मैले मात्रै देउवालाई हराउन सक्छु,’ नेता कोइरालाले भने ।

लहानस्थित क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटको क्रममा अहिलेको पार्टी नेतृत्वमा परिवर्तन ल्याउनुपर्ने उनले बताए ।

पार्टी राम्रो बनाउने चाहना रहेको तर पार्टीको अवस्था खस्किँदै गएको आफु टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताएका छन् ।

‘मेरो बुबाले बनाएको पार्टीलाई यो अवस्थामा आफुले हेर्न सक्दिन । टुलुटुलु हेरेर बस्दिन । नेतृत्व परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्न को उठ्ने ? मैले यसो बिचार गरेँ सबैलाई हेरेँ । मेरो यो राजनीतिक बाध्यता सभापतिमा उठ्ने । मलाई कुनै इच्छा छैन’ उनले भने ।

आफू नउठे शेरबहादुर देउवाले फेरि जित्ने भएकाले आफू उठ्नै पर्ने बाध्यता रहेको उनको धारणा थियो ।

कोइरालाले अघि भनेका छन्, ‘बुबाले बनाएको पार्टी सबभन्दा राम्रो हुनुपर्छ भन्ने चाहना हो । यसको इतिहास राम्रो बिचार अत्यन्त बलियो छ । समाजवादी बिचार हामीले बोकेका छौँ । जनतासँग जानलाई हाम्रो बिचारले प्रशस्त ठाउँ दिएको छ । भारतमा कांग्रेस आई विलय भइसकेको जस्तो नेपाली कांग्रेस यहाँबाट विलय नहोस् त्यसैले हामीले नेतृत्वमा परिवर्तन गर्नुपर्छ ।’

आउँदो महाधिवेशनमा सभापतिका लागि कार्यकर्तासँग सहयोग मागे । उनी आफू उम्मेदवारी दिने जानकारी गराएका थिए । आफ्नो नेतृत्वमा सरकार बने देशमा परिवर्तन ल्याउने उनले सुनाए । जसको लागि कृषिमा अत्यधिक लगानी गरेर विदेश गएका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने योजना रहेको कोइरालाले बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome