शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

प्याकुरेल राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता

१३ चैत्र, २०७७ १७:४१ मा प्रकाशित

348 पटक पढिएको

sumanraj pyakurel

काठमाडौं – प्रधानमन्त्री एंवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता चयन गरेका छन्। प्रधानमन्त्रीले सुमनराज प्याकुरेललाई राष्ट्रियसभामा संसदीय दलको नेता चयन गरेका हुन्।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई पहिल्यकै स्थानमा ब्युँताइदिपछि राष्ट्रिय सभामा संसदीय दलको नेता खाली थियो। यसअघि नेकपा एकैपार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए। दुई पार्टी अलग भएपछि एमाले संसदीय दलको नेता चयन गरेको हो।

प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता बनेको पत्र प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पठाइसकेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome