१४ चैत्र, २०७७ ०७:१६ मा प्रकाशित
605 पटक पढिएको
काठमाडौं – अन्नपूर्ण मिडिया नेटवर्कले विशेष कार्यक्रम गरेर शुक्रबार विभिन्न नयाँ कार्यक्रमको घोषणा गरेको छ । एपी न्युज च्यानलसहित अन्य विभिन्न मनोरञ्जनात्मक ‘शो’ को घोषणा गरेको हो ।
राजधानीमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले २०७८ साउन १ गतेदेखि एपीवान एचडी टेलिभिजनले न्युज च्यानल ‘एपी न्युज’ ल्याउने घोषणा गरेका छन् ।
‘अन्नपूर्ण मिडिया नेटवर्कले नेपालमा समाचार कन्टेन्ट, फरम्याट, र स्टाइललाई पुनः परिभाषित गरेर नयाँ कीर्तिमान राख्ने उद्देश्यका साथ श्रावण १, २०७८ देखि एपी न्युज संचालनमा ल्याउने घोषणा गर्दछु’, कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने ।
एपीवान एचडी टेलिभिजनले एपी न्युज च्यानलसँगै सारेगमप, कमेडियन टेक्सओभर, डान्स नेपाल डान्स, प्रधानमन्त्री शो, स्प्लिट्स भिल्लालगायतको घोषणा गरेको हो ।