आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

महन्थ र मिनेन्द्रको दया र कृपा रहेसम्म यो सरकार रहिरहन्छ : नेपाल

१४ चैत्र, २०७७ १६:३६ मा प्रकाशित

457 पटक पढिएको

madhav kumar nepal

काठमाडौं – नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अहिले नै पार्टी संगठन र राजनीतिक आन्दोलनबाट खुट्टा कमाएर भाग्नुपर्ने अवस्था नआएको बताएका छन्।

शनिबार राजधानीमा आयोजित नागरिक आन्दोलनको बहसमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। ‘पार्टी संगठन र आन्दोलनबाट खुट्टा कमाएर भाग्नु पर्ने अवस्था अहिले नै आएको छैन’, नेता नेपालले भने, ‘कस्तोकस्तो ज्यान भएका त लागेका छन् भने अहिलेसम्म मेचीदेखि महाकालीसम्म हिँड्नसक्छु।’

वरिष्ठ नेता नेपालले राजनीतिक हिसाबले जनतालाई गोलबन्ध गर्ने बाटोमा अझैसम्म लागेको प्रष्ट पारे।

नेपालले पार्टीभित्र विधान लागू हुने र देश संविधान अनुसार चल्ने प्रष्ट पारे। ‘पार्टीभित्र पार्टी विधान कार्यान्वयन गर्ने चलन हराएको छ। त्यसका लागि हामी उपचार खोजिराखेका छौँ’, नेता नेपालले भने, ‘डाक्टरले आर्यघाटमा पुगेर पनि उपचार खोज्छन्। घाटे-वैद्यले प्राण दिन सक्नुहुन्छ कि भनेर हामी हेरिराखेका छौँ।’

वरिष्ठ नेता नेपालले इतिहासमा लामो कार्यकालको अनुभव भएको र समयको नाडी छाम्नुपर्नेमा जोड दिँदै त्यसपछि झ्याप्प मौका छोप्ने बताए।

प्रधानमन्त्री केपी ओलीलाई हटाएको कहिले देख्छौँ भनेर प्रा. कृष्ण खनालले सोधेको प्रश्नको जवाफ दिँदै नेता नेपालले भने, ‘महन्थ र मिनेन्द्रको दया र कृपा रहेसम्म यो सरकार रहिरहन्छ।’

सोही कार्यक्रममा महन्थ ठाकुर, मिनेन्द्र रिजाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome