शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

खाली भु-भागमा व्यापारीक भवन नभई पार्क र पोखरीलाई प्राथमिकता

१५ चैत्र, २०७७ १३:५६ मा प्रकाशित

550 पटक पढिएको

jawalakhel football ground renovated

ललितपुर – ललितपुर महानगरपालिकाको ग्रीन फेन्स ट्रान्सपेरेन्ट प्रोजेक्ट अन्तरगत जावलखेलस्थित फुटबल मैदानको पुरानो भई जिर्ण भएका संरचना पुन: निर्माण कार्य सम्पन्न गरी हिजो उद्घाटन गरिएको हो ।

उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले संयुक्त रुपमा गर्नुभयो ।

उद्घाटन पछि कार्यक्रममा बोल्नु हुँदै मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका क्षेत्रमा रहेको खाली भु-भागमा व्यापारीक भवन नभई हरियाली पार्क र पोखरी निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।

लगनखेलस्थित एक विध्यालयद्वारा वर्षौंदेखि अतिक्रमण गरिएको १४ रोपनी १० आना जग्गा पनि महानगरपालिकालाई फिर्ता भईसकेको छ । त्यसै नेपाली सेनाको राजदल गणले अतिक्रमण गरीराखेको सप्तपाताल पोखगरीको दक्षिण तर्फको २० रोपनी जग्गा पनि सेनाले फिर्ता गर्ने क्रममा रहेको मेयर महर्जनले बताउनुभयो ।

उक्त स्थानमा प्राचिनकालमा रहेको जस्तै सप्तपाताल पोखरी निर्माण गरीने योजना रहेको पनि मेयर महर्जनले बताउनु भयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome