शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

होलीमा ट्राफिक नियम उलंघन गर्ने सात सय बढी सवारी चालक कारवाहीमा

१५ चैत्र, २०७७ १८:०१ मा प्रकाशित

533 पटक पढिएको

traffic check

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा ट्राफिक नियम उलंघन गर्ने सात सय बढी सवारी चालकलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार अहिलेसम्म सात सय बढी सवारी चालकलाई कारवाही गरिएको छ । अधिकारीका अनुसार तीन सय बढी सवारी साधनलाई होल्डमा राखिएको छ ।

होली मनाउने नाममा मापसे गरेर सवारी साधन चलाइरहेका ३० जनालाई कारवाही गरिएको अधिकारीले बताए । ट्राफिक प्रहरीले चोकचोकमा बसेर चेकजाँच गरेको हो ।

मोटरसाइकलमा तीन जनालाई राखेर कुदाउने, होहल्ला गर्दै हिँड्ने सवारी चालकलाई कारवाही गरिएको एसपी अधिकारीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome