आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

चीनले दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

१६ चैत्र, २०७७ १५:५८ मा प्रकाशित

782 पटक पढिएको

china aids covid vaccine to nepal

काठमाडौं – चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसिवरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनले उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल एयर लाइन्सको विमानबाट काठमाडौं आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् ।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप अनुदानमा उपलब्ध गराएको हो ।

खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइएको छ।

यसअघि अक्स्फोर्ड-एस्ट्राजेनकाले विकास गरेको र भारतीय कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले १० डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । सोही खोप नेपालले आपतकालिन प्रयोगमा ल्याइसकेको छ ।

चीनबाट प्राप्त खोप कसलाई र कहिलेदेखि लगाउन थाल्ने भन्ने विषयमा सरकारले चाँडै निर्णय गर्ने स्वाथ्यमन्त्री त्रिपाठीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome