सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

ललितपुर महानगरपालिकाद्वारा अपाङ्गतामैत्री सवारी साधन हतान्तरण

१७ चैत्र, २०७७ १७:०४ मा प्रकाशित

758 पटक पढिएको

vehicle for disabled

काठमाडौं – अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोग स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको ललितपुर महानगरपालिकाले आजदेखि अपाङ्गता मैत्री सवारी साधन सञ्चालनमा ल्याएको छ ।

उक्त सवारी साधन आज एक कार्यक्रम आयोजना गरी स्वावलम्बन जीवन पद्दती केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तान्तरण गर्नुभयो ।

यस्तो सवारी साधन हस्तान्तरण गरेको नेपालमा पहिलो पटक भएको ललितपुर महानगरपालिकाले जनाएको छ । आफू ललितपुर महानगरपालिकाको प्रमुख भएपछि अपाङ्गता भएकाहरुको जीवन सरल बनाउनको लागि केही काम गर्ने प्रतिबद्धता व्यक्त गरिएकोमा एक पछि अर्को गर्दै पूरा भएको मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

सञ्चालनमा ल्याइएको उक्त सवारी साधन खरिदको लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैँया र नपुग रकम इरुका इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर जापानले सहयोग स्वरुप उपलब्ध गराएको हो। आफ्नो संस्थालाई उपलब्ध गराएको अपाङ्गता मैत्री सवारी साधनलाई अपाङ्गता भएकाहरुलाई कार्यालय आउजाउ गर्दा प्रयोग गरिने स्वाबलम्बन जिवन पद्दती केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ बताउनुहुन्छ ।

हस्तान्तरण गरिएको सवारी साधन सञ्चालनको लागि आवश्यक पर्ने चालक, इन्धन र भविष्यमा गर्नु पर्ने मर्मत सम्हारको खर्च सम्पुर्ण ललितपुर महानगरपालिकाले व्यहोर्ने जानकारी पनि ललितपुर महानगरपालिकाले दिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome