शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप १६७ जनामा कोरोना पुष्टि, ११५ डिस्चार्ज, ३ जनाको मृत्यु

१७ चैत्र, २०७७ १७:१० मा प्रकाशित

685 पटक पढिएको

corona positive

पछिल्लो २४ घण्टामा देशभर थप १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७२ हजार ७२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १ हजार ३९० जना सक्रिय संक्रमित रहेका छन् । ५३ जना क्वारेन्टाईनमा छन् भने १ हजार ३९० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको छ।

पछिल्लो समय नेपाल कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै भीडभाडजन्य गतिविधि नगर्न र स्वास्थ्य मापदण्ड कायम गर्न सरकारले अनुरोध गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome