आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

एटिएम ह्याकर चिनियाँ नागरिक पक्राउ

१८ चैत्र, २०७७ १८:५५ मा प्रकाशित

771 पटक पढिएको

chinese atm hacker arrested in kathmandu

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्ग प्रहरी वृत्तको संयुक्त टोलिले एटिएम मेशिनको कि बोर्ड ह्याक गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

विभिन्न बैंकहरुको एटिएम बुथमा शंकास्पद कृयाकलाप गरिरहेको सुचना दरबारमार्ग प्रहरीमा सुचना प्राप्त हुनासाथ प्रहरी परिचालन भई चिनियाँ नागरिक वाङ्ग जिवलोङ्गलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमडौका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

अनधिकृत रुपमा ए टि एम मेशिनको कि बोर्ड पिन नम्बर ह्याक गरी नगद रुपैँया निकाल्न खोजेको अवस्थामा चिनियाँ नागरिक वाङ्गलाई पक्राउ गरीएको हो ।

वाङ्ग हिजो २:३० बजेको जहाजबाट काठमाडौं आएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी गराउनु भयो । प्रहरीले चिनियाँ नागरिक बसेको काठमाडौंको ज्याथास्थित होटल मोन्टिजको कोठा नम्बर ४०५ मा समेत खानतलाशी गरेको थियो । प्रहरीले वाङ्गको साथबाट विभिन्न प्रकारको सामान बरामद गरेको छ ।

chinese atm hacker arrested in kathmandu

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome