बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

मलङ्गवामा युवकको विभत्स हत्या, दुई अभियुक्त सार्वजनिक

१९ चैत्र, २०७७ १७:२३ मा प्रकाशित

397 पटक पढिएको

murder accused made public

मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा टाउको काटेर एक युवकको हत्या गरिएको घटनामा संलग्न दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । सदरमुकाम मलङ्गवा नगरपालिका–१०, बस्ने नागेश्वर यादवका छोरा २५ वर्षीय सुशील कुमार यादवको चैत ११ गते राती टाउको नै छिनाएर अत्यन्त विभत्स ढङ्गले हत्या गरिएको थियो ।

मृतकको शव चैत १२ गते बिहान मलङ्गवा नगरपालिका–९, स्थित पचगछिया चौरीमा फेला परेको थियो । मृतकको शरीर भेटिएको स्थानबाट ६१ मिटर पर टाउको फेला परेको थियो । सो विभत्स हत्याको घटनामा संलग्न रहेका मलङ्गवा नगरपालिका–१०, का ४५ वर्षीय विमलकान्त पाठक र उनका भान्जा पर्ने भारत बिहार राज्य सीतामढी बथनाहा मझौलिया स्टेट वडा नं. १० बस्ने ४१ वर्षीय अशोक झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

दुवै अभियुक्तले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका सर्लाही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । राठौरका अनुसार दुवै अभियुक्तलाई मलङ्गवाको मालपोत कार्यालय क्षेत्रबाट चैत्र १२ गते पक्राउ गरिएको थियो । सुशीलको हत्या हुनुको मुख्य कारण पारिवारिक विवाद र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ ।

चैत्र ११ गते राती विमलकान्त र अशोकले मलंगवा १० स्थित एक होटलमा मदिरा सेवन गरि सुशीललाई बोलाएर घरमा लगेका थिए । घरमा लागू औषध नाईट्रभेट ट्याब्लेट र गाँजा समेत सेवन गराएका थिए । नषालु पदार्थ सेवनले लठ्ठ बनेपछि सुशीललाई गाई बाँध्ने गोठमा लगि प्लाष्टिकको डोरीले हात खुट्टा बाँधि सुशीलले बोकेको गम्छाले मुख बाँधी चौरीमा लगेका थिए ।

घरबाट करिब ५ सयको एकान्त चौरीमा लगि दुबैजना मिलेर खुकुरीले घाँटी काटी हत्या गरेको थियो । कसैले पहिचान गर्न नसकोस भनेर टाउकोलाई ६१ मिटर पर खाल्टो खनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तको घरबाट हात्या गर्ने क्रममा प्रयोग गरिएका धारिलो हतियार खुकुरी, डोरी, सुशीलको जुत्ता समेत बरामद गरेको छ । प्रहरीका अनुसार मृतक र अभियुक्त तीनै जना लागूऔषध सेवनकर्ता रहेको खुलेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome