शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

जसपाले ओलीतन्त्रको घाँस खान्न : भट्टराई

१९ चैत्र, २०७७ १७:२८ मा प्रकाशित

738 पटक पढिएको

baburam bhattarai

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीलगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् भन्दै आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधामन्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन्।

उनले बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो र भन्दै प्रश्न गरेका छन्।

‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस्! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेता कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न! चेतना भया!,’उनले ट्वीटमा लेखेमा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome