सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

मोरङमा गोरु काटेर मासु बेच्दै गरेका एक पक्राउ

११ श्रावण, २०७७ १५:५७ मा प्रकाशित

721 पटक पढिएको

arrested illustration

विराटनगर – गोरु काटेर मासु बेच्दै गर्दा मोरङको सन्दरहरैंचा नगरपालिका-९ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरु काटेको घटनामा संलग्न २५ वर्षीय सुमन दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

दनुवार त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ परेका हुन् । घटनास्थलबाट बरामद भएका गोरुको टाउको र खुट्टा परीक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ ।

पक्राउ परेका दनुवारविरुद्ध पशुपंक्षीसम्बन्धी कसुरमा कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने प्रनि ढकालले बताए ।

उनले गोरु काटेको घटनामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको जनाए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome