सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

महोत्तरीका सात बालिकालाई मुम्बई लान खोज्ने गिरोहलाई खोज्दै प्रहरी

२० चैत्र, २०७७ १६:१५ मा प्रकाशित

323 पटक पढिएको

missing girls from mahottari found in india

जनकपुरधाम – भारतको सीतामढीबाट उद्दार गरिएका महोत्तरीका सात जना किशोरी तथा बालिकालाई मनोविमर्शका लागि ओरेक नेपालको सेफ हाउस पठाइएको छ ।

उनीहरुलाई मुम्बई लान खोज्ने गिरोहलाई प्रहरीले खोजी गरिरहेको छ । समाजमा पुर्नःस्थापाना गर्न बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरीले ओरेकलाई काउन्सिलिङका लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जनाए ।

घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा–८ धर्मपुरका २ किशोरी तथा पाँच बालिका सहित सातै जनालाई मानव तस्करको गिरोहले रातारात मुम्बई लग्दै गर्दा भारतीय प्रहरीले सीतामढीस्थित रेल्वे स्टेशनमा फेला परेको थियो ।

११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा र रञ्जना पासवान, १३ वर्षीया ज्योती र रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीय अस्मिता पासवानलाई तस्करले बिक्री गर्न लाँदै गर्दा प्रहरीले उद्दार गरेको थियो ।उनीहरु एकै टोलका हुन् ।

ओरक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीका अनुसार बालिका तथा किशोरीहरुलाई पूर्ववतःजीवन शैलीमा फर्काउन प्रयास भइरहेको छ ।

‘उनीहरु सबै डराइरहेका छन् । खाना खाँदैन । सानी बच्चीहरु रोइरहेका छन्,’बालिका तथा किशोरीहरुको अवस्था बारे बताउँदै अधिकृत दियालीले भनिन्,‘अब कसरी फेरि घर फर्किएर जाने ? गाउँमा कसरी मुख देखाउने ? कसरी स्कुलका साथीहरुसँग बसेर पढ्ने ? जस्ता कुरामा उनीहरु मन डुलाइरहेका छन्’ सात जना मध्ये ६ जना बालिका गाउँकै सरयुग आशाराम आधारभूत विद्यालयमा अध्ययरत छन् ।

कसैले फकाएर भारत पुगेका उनीहरुलाई प्रहरीले फेला पारेपछि निकै त्रसित रहेको उनले बताइन् । ‘त्यसैले उनीहरुलाई समाजिक जीवनमा फर्काउन र जीवनप्रति आशावादी बनाउन काउन्सिलिङ गर्दैछौँ । बालिका तथा किशोरीहरुको मन शान्त भएपछि प्रहरीलाई अनुसन्धान गर्न पनि सहज हुन्छ’ उनले बताइन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीतामढीबाट उद्दार गरेर बुधबार राति साँढे ११ बजे उनीहरुलाई महोत्तरीको जलेश्वर ल्याएको थियो । बिहीबार दिनभर महिला तथा बालबालिका कक्षमा राखेर उनीहरुलाई प्रहरीले हौसल्ला प्रदान गरेको थियो ।

यता प्रहरीले बालिका तथा किशोरीलाई सीमा कटाउने गिरोहको खोजी गर्न पारिका सुरक्षा निकायसँग सहकार्य गरेर खोजी कार्य तिब्र पारिएका छन् । भिट्टामोड सीमा नजिकैबाट घरबाट उनीहरुले घाँस काट्न लगेको बोरा र कचियाँ बरामद भएको छ ।

‘टेम्पोमा चढेर उनीहरु सीमा नाकासम्म पुगेका थिए । प्रहरीको आँखा छलेर उनीहरुलाई मंगलबार साँझ ५ बजे तिर चोरबाटोबाट भारत तिर गएका थिए । त्यहाँबाट सार्वजनिक बस चढेर सीतामढी रेल्वे स्टेशन पुगेका ट्राभल हिस्ट्री देखिन्छ ’ एसपी आचार्य भन्छन् ।

कोरोना संक्रमण फैलिएपछि गत वर्ष चैत्र ११ गतेदेखि नै भिट्टामोड नाका सील छ । तर, गिरोहले चोरबाट उनीहरुलाई भारत तिर लगेको प्रहरीको भनाइ छ ।

प्रहरीले खोजवीन गरेपछि मानव तस्करका समूह बालिका तथा किशोरीहरुलाई रल्वे स्टेशनमा अलपत्र छाडेर फरार भएको प्रहरी श्रोतले जनायो । उनीहरुसँग साथमा मोवाइल छैन । त्यसैले उनीहरुलाई गाउँबाटै गिरोहले ललाइफकाइ सीमा कटाएको देखिने अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome