शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

विज्ञापन बोर्डमा हुमागाई, चुरे मधेस-तराई समितिमा पौडेल

२० चैत्र, २०७७ १६:२० मा प्रकाशित

761 पटक पढिएको

minister cabinet meeting

काठमाडौं – मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै बैठकले राष्ट्रपति चुरे-तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, शशी शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चुरे क्षेत्रमा अस्वभाविक दोहन भएपछि संरक्षणका लागि सरकारले समिति गठन गरेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome