२२ चैत्र, २०७७ १८:०१ मा प्रकाशित
392 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७३ हजार २४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर १ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप कसैको पनि मृत्यु भएको छैन। नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ रहेको छ।
पछिल्लो समय नेपाल कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै भीडभाडजन्य गतिविधि नगर्न र स्वास्थ्य मापदण्ड कायम गर्न सरकारले अनुरोध गरेको छ।