शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चारजना पक्राउ

२२ चैत्र, २०७७ १८:२४ मा प्रकाशित

978 पटक पढिएको

looters in custody

काठमाडौं – चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौकों कागेश्वरी मनोहरा नगरपालिका फूलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।

उनीहरुले चैत १६ गते काठमाडौंको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि छियोङकी श्रीमती अञ्जली तामाङ तथा सालो प्रवेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिएर हातखुट्टा टेपले बाँधी लुटपाट गरेको आरोप छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुले २० लाख रुपैयाँ नगद, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट सात लाख ९२ हजार ६ हजार रुपैयाँ, ६ हजार १७० युआन, तिलहरी, रिङ औंठी र बाला बरामद भएको प्रहरीले जनाएको छ ।

stolen property

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome