शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

२२ चैत्र, २०७७ १८:२९ मा प्रकाशित

824 पटक पढिएको

nepal electricity authority

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ ।

विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो ।

मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रु ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताए । लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ।

विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ।

लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत् जडान गरिएको उनले बताए । बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उनको भनाइ छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome