बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

थप १३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,६१३ पुग्यो

११ श्रावण, २०७७ १६:३२ मा प्रकाशित

598 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १३० जनाको कोरोना भाइरस (कोभिड–१९) पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ ।

अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा छन् । संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् ।

पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome