आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

२३ चैत्र, २०७७ १५:४८ मा प्रकाशित

527 पटक पढिएको

tiger kills one in national park

गुलरिया – पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा भइरहेको गैडा गणना कार्यमा संलग्न एकजना कर्मचारीको मृत्यु भएको छ।निकुञ्ज भित्र गैंडा मचान क्षेत्रमा ठाकुरबाबा नगरपालिका-९ का ३१ वर्षीय पुलिसराम थारुको बाघ आक्रमणबाट मृत्यु भएको हो।

गैंडा गणनाको खाजा समयमा हात्ती चराउँदै घाँस काट्न थालेका बेला थारुलाई बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको बाघ जावलाखेलस्थित चिडियाखानामा लैजाने तैयारी भइरहेको अधिकृत श्रेष्ठले जानकारी दिए।

निकुञ्जले यसवर्ष ४ वटा भाले बाघ नियन्त्रणमा लिएको छ। गतवर्ष एउटा बाघ नियन्त्रणमा लिएको थियो। जसमध्ये एउटा बाघ मरेको र बाँकेमा पठाईएको बाघ खोर फोडेर भागेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए।

नेपाली सेना, एनटीएनसी र निकुञ्ज कर्मचारीको संयुक्त खोजतलासका क्रममा भेटेर नियन्त्रणमा लिइएको भाले बाघ १० वर्षको छ। माउते (पछुवा) थारुको शव कुरेर बसेका प्राविधिकले बाघ फर्केर शव खान आएपछि डार्ट (लठ्याउने प्रविधि) गरी नियन्त्रणमा लिन सफल भएको कडरियाले जानकारी दिए। बाघले टाउकोको भाग खाएको अवस्थामा थारुको शव फेला परेको छ। घाँस काटिरहेको अवस्थामा बाघले झम्टेर थारुलाई करिब ५ सय मिटर पर पुर्‍याएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome