शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

चैत २५ देखि चिनियाँ खोप ‘भेरोसेल’ लगाइने

२३ चैत्र, २०७७ १५:५६ मा प्रकाशित

449 पटक पढिएको

china aids covid vaccine to nepal

काठमाडौं – चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘भेरोसेल’ यही चैत २५ गते लगाउने तयारी सरकारले गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चीनबाट ल्याइएको खोप लगाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘चीनबाट ल्याइएको खोप चैत २५ गतेपछि लगाउने विषयमा मन्त्रालयमा छलफल भएको छ’, प्रवक्ता अधिकारीले भने ।

चैत २५ गतेदेखि खोप लगाउने विषयमा छलफल भए पनि निर्णय भइनसकेको उनको भनाइ छ । प्रवक्ता अधिकारीले यो विषयमा सोमबारसम्म निर्णय हुने बताए ।

चीन सरकारले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
सरकारले चीनबाट ल्याइएको खोप स्वास्थ्य सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्न जाने विद्यार्थीलाई लगाइने छ ।

चिनियाँ खोप लगाउन औषधि व्यवस्था विभागले फागुन ४ गते अनुमति दिएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome