२३ चैत्र, २०७७ १८:२४ मा प्रकाशित
743 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जना सहित देशभर थप २६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७३ हजार ३४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेको छ।
पछिल्लो समय नेपाल कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै भीडभाडजन्य गतिविधि नगर्न र स्वास्थ्य मापदण्ड कायम गर्न सरकारले अनुरोध गरेको छ।