मंगलवार, ७ बैशाख २०७८
मंगलवार, ७ बैशाख २०७८

IT Training Nepal

आगलागीमा परेर एकै घरका दुई बालबालिकाको मृत्यु

२५ चैत्र, २०७७ १८:५३ मा प्रकाशित

562 पटक पढिएको

fire

प्युठान – प्युठानमा आगोलागीमा परेर एकैघरका दुईजना बालबालिकाको ज्यान गएको छ। जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा बुधबार आगलागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीया छोरी चन्द्रकला रानाको ज्यान गएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीले जानकारी दिए। जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

उनका अनुसार योसँगै जिल्लामा आगोलागीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। चैत्रको दोश्रो सातादेखि जिल्लाका दर्जनौ सामुदायिक वनमा आगोलागीका घटना भइरहेको डिभीजन वन कार्यालयले जनाएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome