२५ चैत्र, २०७७ १९:०४ मा प्रकाशित
663 पटक पढिएको
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जना सहित देशभर थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणमा २९८ र एन्टिजेन विधिबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या २ लाख ७३ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर २ हजार २०१ जना संक्रिय संक्रमित छन् । ६५ जना क्वारेन्टाइनमा छन् भने २ हजार २०१ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ रहेको छ।
पछिल्लो समय नेपाल कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै भीडभाडजन्य गतिविधि नगर्न र स्वास्थ्य मापदण्ड कायम गर्न सरकारले अनुरोध गरेको छ।